The Kshitiz Interview
राम्रो कला र क्षमता भएको मान्छे एक दिन अबस्य सफल हुन्छ काभ्रेपलान्चोक जिल्लाको रबिओपिमा जन्मनुभएको नायिका तथा मोडल अनु पराजुली आज भोलि निकै ब्यस्त देखिनुहुन्छ । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीकोले देश नै आक्रान्त भएको अवस्थामा पनि नयाँ नयाँ गित बजारमा ल्याएर आफ्नो दर्शक श्रोताहरु लाई मनोरञ्जन दिदै म्युजिक भिडियोहरु बजारमा ल्याउनु भएको छ । अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसक्नु भएकी नायिका अनु काभ्रे जिल्ला कै शानको रुपमा उत्रिनुभएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले नायिका तथा मोडल अनु पराजुलीसँग गरेको छोटो कुराकानी । → आज भोलि केमा ब्यस्त हुनुहुन्छ? विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण घर तिर नै ब्यस्त छु यस्तो अवस्थामा पनि सम्पुर्ण नेपालीहरु लाई मनोरञ्जन दिने र आत्माबल र विश्वास बढाउने उदेश्यले मेरा केहि म्युजिक भिडियो अहिरहेका छ्न । → अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो? मैले खासै गन्ती त गरेको छैन झण्डै एक सय भन्दा माथी म्युजिक भिडियोमा अभिनय गरेको छु र केहि फिल्म पनि छ्न । → तपाईंले चलचित्रमा खेल्नु भएको छ ? ...
